Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • १७.९९ अंकको बढ्यो नेप्से

    १७.९९ अंकको बढ्यो नेप्से

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा रोकिएको हो ।

    त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।



    आज कारोबार भएका १५६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ ।



    त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज करिब ३ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज १६ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार