Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • प्रधानमन्त्री देउवाले भने-प्रहरी जवान श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कारवाही हुन्छ

    प्रधानमन्त्री देउवाले भने-प्रहरी जवान श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कारवाही हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनामा संलग्नलाई कारवाही हुने बताएका छन् ।

    मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यासका शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कारवाही हुने आश्वासन दिएका हुन् ।



    आइतबार १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए ।



    मोरङको लेटाङ नगरपालिका-५ की बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा हानिँदा उनको निधन भएको छ ।

    घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । भने छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार