Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आर्थिक संकटमा फसेको श्रीलंकामा पेट्रोलको चरम अभाव, लाइनमा उभिएका दुई जनाको मृत्यु

    आर्थिक संकटमा फसेको श्रीलंकामा पेट्रोलको चरम अभाव, लाइनमा उभिएका दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । श्रीलंका पछिल्लो केही समययता इन्धन संकटको सामना गरिरहेको छ । श्रीलंकामा पेट्रोल र मट्टितेलको लागि निकै लामो लाइन लागेको छ । आइतबार दुई फरक फरक सहरमा लागेको लाइनमा दुईजनाको मृत्यु भएको छ ।

    समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो।



    लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको थियो। शनिबार क्यान्डी सहरका मट्टीतेल किन्न लाइनमा उभिएका अर्का ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको थियो।



    पाँच घन्टा लाइनमा उभिएका उनी बेहोस भएर लडेपछि अस्पताल लगिएको थियो तर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।

    श्रीलंकामा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। चर्को गर्मीमा घन्टौंसम्म लाइनमा बस्नुपर्दा श्रीलंकनले ज्यादै सास्ती भोग्नु परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार