काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै उनले अब त्यसमा परिवर्तन आवश्यक रहेको बताए ।
अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना टास्क फोर्स बनाएको थियो । उपराष्ट्रपति पेन्सले पनि केही हप्ताभित्रै टास्कफोर्स खारेज हुने बताएका छन् ।
हाल अमेरिकामा दैनिक औसत २० हजार जनामा कोरोना संक्रमित थपिइरहेका छन् भने दैनिक औसत १ हजार जनाको मृत्यु भइरहेको छ । अमेरिकामा अहिले १२ लाख ३ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७१ हजार २२ जनाको मृत्यु भएको छ ।
Leave a Reply