Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : झडपमा प्रहरी जवानको मृत्यु, मोरङमा अनिश्चितकालीन कर्फ्यू

    छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : झडपमा प्रहरी जवानको मृत्यु, मोरङमा अनिश्चितकालीन कर्फ्यू

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ।

    आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले आज बिहान ७ बजेबाट कर्फ्यु जारी गरेको हो ।



    अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ नम्बर वडामा कर्फ्यु लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।



    मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । प्रहरी जवान उर्मिला श्रेष्ठलाई झडपमा आन्दोलनकारी खुकुरी प्रहार गरेका थिए ।

    कोशी अस्पतालमा उपचारका लागि लगिए पनि आइतवार राति १०ः५० बजे मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । अस्पतालमा ल्याउने बितिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ । घटनामा मोरङका एसपी जनार्दन जिसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार