Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • संस्कृतिविद् जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ लोकार्पण

    संस्कृतिविद् जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ लोकार्पण

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर देश समावेशी हुन नसक्ने बताएका छन् ।

    आज शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचमा एकता ल्याउने बताएका हुन् । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे ।



    संस्कृतिविद् जोशीले उनले, ‘लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई विचारै नगरिकन अघि बढ्यो भने जस्तोसुकै उन्नति भए पनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भइरहन्छ । अहिले राजनीतिमा कति झगडा भइरहेको छ भन्ने त यहाँहरू सबैलाई थाहा छँदैछ । यदि समावेशी भएको भए एकले अर्कोलाई नेपाली हो, चाहे नेवार होस्, चाहे थारु होस्, चाहे धिमाल होस्, चाहे राई, लिम्बु जे होस्, हामी सबै नेपाली हौँ भन्ने भावना जागृत गर्ने त लोक संस्कृतिले गर्ने हो नि त ।’



    पत्रकार गिरीश गिरीले लेखेको जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को आज एक कार्यक्रमका बीच ललितपुरमा लोकार्पण भएको हो । यो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार