काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले वैशाख ११ र १२ गते २ दिनभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाे छ ।
निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते छुट्याइएको हाे ।
यस्तै, बैशाख १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। यसैगरी उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेभित्र फिर्ता गर्न पाउनेछन् भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
निर्वाचन आगामी ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
Leave a Reply