एजेन्सी । अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्धहरू घोषणा गरेका छन्।
बीबीसीका अनुसार क्यान्बराले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्बर्ग, ११ वटा ब्याङ्क र सरकारी निकायहरूलाई प्रतिबन्ध लगाएको छ।
रुसको केन्द्रीय ब्याङ्कलाई पनि उक्त सूचीमा समावेश गरेर अस्ट्रेलियाले सरकारी ऋण जारी गर्ने र प्रबन्ध गर्ने सबै सरकारी निकायलाई लक्षित गरिएको अस्ट्रेलियाका विदेशमन्त्रीले बताएका छन्।
जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ।
Leave a Reply