काठमाडौं । सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ ।
शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव बुधबार भेरी पुलनजिक भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको छ ।
दिनेशसँगै बेपत्ता भएका भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का र आठ वर्षीया कृष्णा सिञ्जालीको शव अझै भेटिएको छैन ।
बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको छ ।
Leave a Reply