Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • राप्रपाद्धारा स्थानीय तह उम्मेदवारको मापदण्ड तय, चुनावी कमाण्डर समेत तोकियो

    राप्रपाद्धारा स्थानीय तह उम्मेदवारको मापदण्ड तय, चुनावी कमाण्डर समेत तोकियो

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारको मापदण्ड तय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय पदाधिकारीको बैठकले मापदण्ड तय गरेको हो । पार्टीले उम्मेद्वार बन्न लोकप्रिय, उच्च नैतिक चरित्र र विकास निर्माणमा भूमिका खेल्ने व्यक्ति हुनुपर्ने जनाएको छ ।

    ‘स्थानीय निर्वाचनका लागि केन्द्रीय तहमा र प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिनेछु, पार्टी निर्णयबारे श्रेष्ठले भने, ‘सबै तहमा गठन हुने निर्वाचन परिचालन समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ।’



    उनका अनुसार उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ।



    त्यसैगरी, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक काम गरेको, पार्टीद्वारा सञ्चालित विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिवद्धता हुनुपर्ने पनि मापदण्ड छ।

    यस्तै निर्वाचनमा पार्टी प्रवेश गरेका उम्मेद्वार बन्न चाहेमा सम्बन्धित स्थानीयतहले गरेको निर्णय मान्य हुने बताएको छ। यस्तै आगामी चैत २८ गते देशका सबै जिल्ला सदरमुकाममा एकैदिन घर दैलो अभियानको सुरुवात गरिने विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी आगामी वैशाखमा तय भएको चुनावका लागि राप्रपाले चुनावी कमाण्डर समेत तोकेको छ । बुधबार बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले पार्टीको पक्षमा माहोल बनाउन नेताहरुलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार