काठमाडौं । घरभित्र छिरेको निहुँमा दलित समुदायकी बालिकालाई चरम यातना दिइएको छ ।
रामेछाप मन्थली नगरपालिका–६ भलुवाजोरमा १३ वर्षीय सरिता नेपालीलाई घरभित्र छिरेको निहुँमा २१ घण्टासम्म डोरीले थाममा बाँधेर चरम यातना दिएको हो ।
गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत नेपालीलाई सोही स्थानका ६३ वर्षका शेरबहादुर श्रेष्ठले नेपालीलाई हात र कम्मरमा नाम्लोले बाँधेर घरको दलिनमा चार घण्टासम्म झुन्ड्याएको पीडित बालिकाले बताइन् ।
त्यसपछि १७ घण्टा घरको थाममा बाँधेर सिस्नो लगाई कुटपिट गरिएको पीडितको आरोप छ । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म नियन्त्रणमा लिई बाँधेर यातना दिइएको हो । नेपाल समाचारपत्र दैनिकबाट
Leave a Reply