Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धनबारे ओली: यिनीहरु स-साना समूहहरु हुन्, सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ

    गठबन्धनबारे ओली: यिनीहरु स-साना समूहहरु हुन्, सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको दावी गरेका छन्।

    मंगलबार अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै ओलीले विरोधीहरुसँग विरोध गर्ने कुरा नै नभएको दावी गरेका हुन् ।



    यस्तै ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह समेत गरेका छन्। चुनाव जित्न गाह्रो नभएको ओलीको भनाइ छ।



    ‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’

    कार्यक्रममा चुनावी प्रचारलाई नै अलि बढी खर्चिएका ओलीले कांग्रेसले एमालेको भण्डाफोर गर्न नसक्ने बताए । आफूहरु बलियो भएकाले उनीहरुले गठबन्धन गरेको ओलीको दावी छ।

    ‘कांग्रेसले एमालेको भण्डाफोर गर्ने रे, के भण्डाफोर गर्ने? हामीले राम्रो काम गरेका छौं, ओलीले भने, ‘कांग्रेस, माओवादी केन्द्र हाम्रो प्रतिस्पर्धी नै होइन न्। एमाले बलियो रहेछ, एक्लै जान हुँदैन भनिरहेका छन् । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार