काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १ हजार ८ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय सुन-चाँदीको मूल्य लगातार घटिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Leave a Reply