Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • सुकुम्बासीहरुले लालपूर्जा पाउने भएपछि दलालहरु आत्तिए : अध्यक्ष तिमिल्सीना

    सुकुम्बासीहरुले लालपूर्जा पाउने भएपछि दलालहरु आत्तिए : अध्यक्ष तिमिल्सीना

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.3K
    SHARES

    चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले भुमिहिन तथा सुकुम्बासीहरुले लालपूर्जा पाउने विषयमा भम्र फैलाउने काम भएको बताएका छन्।

    ‘यो २२ औँ आयोग हो, यसभन्दा अगाडि २१ वटा आयोग थिए, खाली काम भन्दा गफ भए,’ उनले भने, ‘अहिले यो शक्तिशाली आयोग हो, भूमिहिनलाई भूमिपति बनाउन झनझटीला प्रक्रिया हटाउदै ठाँउको ठाँउ निस्सा र नाँपजाँच सुरु भएपछि केही अतालिएका छन् ।’



    पूर्वी चितवनको रत्ननगर र खैरहनीका स्थानियहरुसँग छलफल तथा भेटघाटको क्रममा बोल्दै उनले भुमिहिन अब भूमिपति भएर आफ्नो भम्रखेती रोकिने डरले भम्र फैलाउने अभियानमा केहि दलालहरु सक्रिय बनेको स्पष्ट पारे ।



    ‘हिजो दुई तिहाई सरकार हुदाँ, ३ बर्षसम्म माँखो नमार्ने,’ उनले भने, ‘अनि अहिले अब सुकुम्वासीहरुले जग्गा पाउने भएभनेपछि नक्कली लालपूर्जा हो भन्दै भम्र फैलाउने, यो कस्तो राजनीति हो ।’

    काम गरे त नतिजा आउने भन्दै उनले बोलेर भन्दा पनि आफु फिल्डमा नै आएर कामबाट जनतालाई स्पष्ट पारेको समेत बताए । उनले भुमीहिनहरुलाई जग्गा मालिक बनाउन अब कसैले रोक्न नसक्ने भन्दै भम्र फैलाउनेकोपछि नलाग्न आग्रह पनि गरे ।

    ‘लामो समयको प्रतिक्षापछि भूमिहिनहरु भूमिको मालिका बन्दैछन्,’ उनले भने, ‘यहाँ निस्सामा आयोग छाप खोई, सही खोई ? यो नक्कली हो भनेर भम्र फैलाएका छन् । ‘

    उनले अहिले आयोगले वडा हुदै सबै प्रक्रियामा स्थानिय सरकारमार्फत प्रक्रिया ढंगबा गरर आयोग लालपूर्जा बाँड्ने स्पष्ट पारे । अध्यक्ष तिमिल्सीनाले अब भुमिहिन तथा सुकुम्बासीलाई भोट बैँक बनाउन नपाउने डरले भ्रम फैलाउन केहि नेताहरु भन्ने नै सक्रिय भएको भन्दै यस्ता व्यक्तिहरुविरुद्ध कडा प्रतिवाद गर्न आग्रह पनि गरे ।

    भुमिहिनहरुलाई जग्गा प्राप्तिका लागि जो केहीले पनि भम्र फैलाए अब आफु जनता सगंसगैँ कडा आन्दोलन उत्रिने तिमिल्सीनाले चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार