Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अमेरिका र फ्रान्समा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

    अमेरिका र फ्रान्समा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । अमेरिका र फ्रान्समा कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटिएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजका अनुसार साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भेरियन्ट भेटिएको पुष्टि भएको हो।



    ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो ।



    रिपोर्टका अनुसार हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको छ। यता फ्रान्समा भने धेरै क्षेत्रहरूमा यो केसहरू पुष्टि भएका छन् र यो जनवरीको शुरुदेखि नै फैलिएको रिपोर्टको दावी छ।

    गत महिना, युके हेल्थ सेक्युरिटी एजेन्सी (UKHSA) ले डेल्टा x ओमिक्रोनको एउटा केस पत्ता लगाएको थियो जसले दुबै भेरियन्टहरू संकुचित गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार