चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका कम्युनिष्टहरु आफ्नै घरमा आगोखलगाएर बनेको खरानी धसेर हिडिरहेको आरोप लगाएका छन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले कम्युनिष्टहरुले आफ्नै घरमा आगो लगाएर देशलाई बर्वादीतर्फ लैजान खोजेको समेत आरोप लगाए । ।
नेपाली कांग्रेस रत्ननगर नगर समितिले टिकौलीचौरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सभामा बोल्दै नेता थापाले भने–‘तत्कालिन नेकपाका नेताहरुले आफ्नै घरमा आगो लगाए । अहिले उनीहरु खरानी धसेर हिडिरहेको छन् ।’
जनताले पाँच वर्ष सरकार चलाउन दिएको जिम्मेवारी नेकपाको सरकारले पुरा गर्न नसकेको भन्दै उनले पार्टी फुटाउनु र सरकारबाट अपदस्त हुनु नेकपा भित्र लागेको आगो भएको बताए ।
कम्युनिष्टको घरमा लागेको आगोले केपी ओलीलाई सिंहदरबारबाट बालकोट पु¥याएको पनि उनले बताए । अहिले सरकार चलाउने कांग्रेसको रहर नभएको भन्दै महामन्त्री थापाले कम्युनिष्टहरुले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा लगाएको बताए ।
नेता थापाले पुष्पकमल दाहाल र माधव नेपालको आग्रहका आधारमा कांग्रेसले सरकारको जिम्मेवारी लिएको बताए । उनले भने–‘संविधान निर्माणका लागि निर्वाचन हार्न तयार रहेको कांग्रेसलाई सरकार चाहिएकै थिएन । कम्युनिष्टहरुको आग्रहका आधारमा बनेको सरकारलाई परमादेशबाट बनेको सरकार भन्नु गलत मानसिकताको उपज हो ।’
Leave a Reply