काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको बताएका छन् ।
शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा एवं पूर्वप्रधानमन्त्री समेत रहेका उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाकमात्र भएको बताए ।
उनले भने–‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, कांग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरुले, त्यो सबै धाक पैसाको हो । अरु केही होइन ।’
त्यसैगरी उनले नेकपा एमालेले पैसाको बलमा चुनाव जित्ने दावी गरिरहेको बताए । उनले भने–‘एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो ।’
Leave a Reply