Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सुर्खेत पुगेर राजेन्द्र लिङ्देनले भने–कमल थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ

    सुर्खेत पुगेर राजेन्द्र लिङ्देनले भने–कमल थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ

    राप्रपाको शक्ति कति छ भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोडेपछि राप्रपा थप बलियो बनेको दावी गरेका छन् ।

    सुर्खेत विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने–‘उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रूपमा बदल्ने सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति पुर्‍याएको छैन ।’



    साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रूपमा लिएको पनि बताए ।



    उनले भने–‘राप्रपाको शक्ति कति छ भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ । अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ ।’

    स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेको र भ्रष्टाचाररहित स्थानीय तहको रूपमा विकास गराउन राप्रपा चुनाव लक्षित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार