Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • प्रचण्डको बारेमा सामाजिक सञ्जालमा ‘फेक पोष्ट’ गर्नेमाथि प्रहरीले थाल्यो छानविन

    प्रचण्डको बारेमा सामाजिक सञ्जालमा ‘फेक पोष्ट’ गर्नेमाथि प्रहरीले थाल्यो छानविन

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सुर्खेतको सिटी हलमा आक्रोशित केही युवाहरुले ढुंगा प्रहार गरेको खबरले हिजो दिनभर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    ढुंगा प्रहारबाट प्रचण्डको चस्मा फुटेको र प्रहरीले ढुंगा प्रहार गर्नेलाई पक्राउ गरिसकेको उक्त पोष्टमा उल्लेख थियो । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हुँदै नभएका घटनाको प्रचार भएपछि खण्डन गर्न बाध्य भएका छन् ।



    यो कुरा थाहा भएपछि आफूलाई हाँसो उठेको प्रचण्डले टिप्पणी गरेका छन् । चुनावमा बढारिने भयले बिच्छिप्त भएकाहरुले यो प्रचार गरेको आरोप लगाएका छन् ।



    ‘कर्णालीको भव्य र सभ्य कार्यक्रम काठमाडौंमा दुव्यर्वहार भयो भनेर कुप्रचार गरिएर भाइरल बनाइयो रे, मलाई हाँसो उठ्यो,’ प्रचण्डले भनेका छन्, ‘एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले झूटो प्रचार गरेर पनि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिन्छ।’

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत सामाजिक सन्जालमा फेक पोस्ट गरिएको भन्दै साइबर क्राइममा कारवाही गर्ने चेतावनी दिएको छ। प्रहरी यसबारेमा छानविन शुरु गरिसकेको जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार