Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • खप्तड गोल्डकप : उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्दै

    खप्तड गोल्डकप : उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    कैलाली । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आज धनगढीमा हुँदैछ । पाँचौ संस्करणको उपाधिका लागि आज पूर्व च्याम्पीयन मनाङ मस्र्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । जसका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।

    मनाङ गोल्डकपमा पाचौं संस्करणसम्म सहभागी रहेको छ । पहिलो संस्करणको च्याम्पीयन मनाङ दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ । फेन्ड्स भने पहिलो पटक गोल्डकपमा सहभागी भएको हो । पहिलो सहभागीतामा उपाधि जित्ने धुनमा फेन्ड्स रहेको छ ।



    आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।



    सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार