एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको दाबी गरेको छ ।
तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको उनले बताए । उनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ ।
बाइडेडनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि बताए ।
रुसले नेटो देशलाई विभाजन गर्न खोजेको समेत राष्ट्रपति बाइडेनको आरोप छ ।
Leave a Reply