Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस धनुषाको सभापतिमा निधि निकट पजियार विजयी

    कांग्रेस धनुषाको सभापतिमा निधि निकट पजियार विजयी

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् ।

    दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा विजयी भएको हो ।



    यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियो ।



    पहिलो चरणमा तेस्रो भएका डा.शेखर कोइराला समूहका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए।

    सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार