काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विप्लव र देउवाबी भेटवार्ता भएको हो ।
सो क्रममा सरकार र नेकपा बीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन र बन्दी नेता कार्यकर्ता रिहा वारे छलफल भएको थियो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री देउवाले शान्त वातावरणमा चुनाव सम्पन्न गर्न विप्लवसँग भएको सहमति कार्यान्वयन कसरी गर्ने भनेर छलफल भएको बताइएको छ ।
छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डे र नेकपाको तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता रहेको थियो ।
Leave a Reply