Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • बडुवाल हत्या प्रकरण : थप एकजना पुर्पक्षका लागि कारागार चलान

    बडुवाल हत्या प्रकरण : थप एकजना पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    कैलाली । कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणका थप एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ का विकास शेरचनलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि जिल्ला कारागार पठाएको हो ।



    बिहीवार उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि कारागारमा हिरासतमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    लम्की चुहा नगरपालिका बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत पुस २३ गते टीकापुर नगरपालिका वडा नम्बर १ मा हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार