Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • यूकेले रोमन अब्रामोभिचलाई प्रतिबन्ध लगाएपछि चेल्सीलाई समस्या

    यूकेले रोमन अब्रामोभिचलाई प्रतिबन्ध लगाएपछि चेल्सीलाई समस्या

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । रोमन अब्रामोभिचको चेल्सी क्लब बेच्ने प्रयास रुसी सत्तानिकट व्यापारीलाई यूके सरकारले प्रतिबन्ध लगाएपछि अवरुद्ध भएको छ । यूके सरकारले युक्रेनमा रुसी हमलाको जवाफस्वरूप प्रतिबन्ध लगाएको हो।

    ती रुसी मालिकले प्रतिबन्धको चर्चा संसद्मा उठेसँगै युरोपेली च्याम्पियन क्लब विक्रीका लागि अघि सारेका थिए। अब्रामोभिचका सम्पत्ति रोक्का गरिँदा चेल्सी समेत त्यसमा पर्छ जसको अर्थ उक्त क्लबले थप खेलका टिकेटहरू विक्री गर्न पाउँदैन।



    त्यस्तो कदम अब्रामोभिचले चेल्सीबाट पैसा कमाउन नसकून् भन्ने मनसायले चालिएको छ। सरकारले एउटा विशेष अनुमतिपत्र जारी गर्दै त्यसले कर्मचारीहरूले तलब पाउन सक्ने र टिकेट किनिसकेकाले खेलहरू हेर्न पाउने बताएको छ।



    सीजनभरका लागि टिकेट किन्नेहरूले त्यसमा समेटिने खेलहरू हेर्न पाउनेछन् तर अब थप टिकेट विक्री हुने छैन।  क्लबको प्रवर्द्धनात्मक सामग्रीहरू विक्री गर्ने पसल समेत बन्द हुनेछन्।

    विशेष अनुमतिपत्रमा व्यवस्था थप गर्ने विषयमा सरकारले आफू खुला रहेको जनाएको छ जसले क्लब विक्री गर्ने अनुमति दिनेछ। त्यसो हुनका लागि रुसका धनीमध्ये एक अब्रामोभिचले कुनै पैसा पाउने छैनन्। उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट रहेको विश्वास गरिन्छ।

    उनले यसअघि विक्रीबापत मुनाफा युद्धका पीडितलाई दान दिने बताएका थिए। बुधवार २० पक्षले चेल्सी किन्नका लागि चासो देखाएका थिए। जसमध्ये ब्रिटिस व्यापारी निक क्यान्डी समेत छन्। बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार