एजेन्सी । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच गोली हानाहान भएको छ।
स्थानीय संचारमाध्यमका अनुसार शुक्रबार बिहान करिब ३ बजे उक्त क्षेत्रमा गोली हानाहान भएको किर्गिज सीमा सेवालाई उधृत गर्दै स्पुतनिकले उल्लेख गरेको छ।
‘शुक्रबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको’ सीमा सेवाले उल्लेख गरेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
Leave a Reply