Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • खप्तड गोल्डकप : उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

    खप्तड गोल्डकप : उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    धनगढी । फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमति युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले फाइनलमा स्थान पक्का बनाएको हो ।

    मनाङले हिमालयन शेर्पालाई हराएर फाइनल पुगिसकेको छ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको थियो ।



    फ्रेन्ड्सलाई फाइनलसम्म पुर्याउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीब लोप्चनले एक-एक गोल गरे । बागमतिका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।



    उपाधिका लागि फ्रेन्ड्सले आउँदो शनिवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्ने । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार