Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

    बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    कलैया । नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

    सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आएका छन्  । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए ।



    यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।



    बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्काे निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार