एजेन्सी । भारतका पाँचवटा राज्यमा विधानसभाका लागि भएको मतदानको मतगणना जारी छ।
उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, मणिपुर र गोआमा जारी मतगणनाले सत्तारूढ भारतीय जनता पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूमा खुशी ल्याएको छ।
प्रमुख प्रतिपक्षी काङ्ग्रेस आईले पनि लज्जाजनक हार बेहोर्ने देखिएको छ। पञ्जाबमा भने अरविन्द केजरीवालको आम आदमी पार्टीले बाजी मार्ने देखिएको छ।
कडा प्रतिस्पर्धा हुने ठानिएको उत्तर प्रदेशमा बीजेपीले नै अग्रता कायम गरेको छ। बीजेपीले २५० सीटमा अग्रता कायम गरेको छ भने समाजवादी पार्टी सय सीटमा अगाडि रहेको छ।
काङ्ग्रेस आईले तीन र बहुजन समाजवादी पार्टीले त्यहाँ चार सीटमा अग्रता कायम गरेका छन्। ७० सीट भएको उत्तराखण्ड, ४० सीट भएको गोवा र ६० सीट भएको मणिपुर विधानसभाको मतगणनामा बीजेपीले नै अग्रता लिएको छ।
बीबीसी हिन्दीका अनुसार बीजेपीका र आम आदमी पार्टीका कार्यकर्ताहरूले खुसियाली मनाउन थालेका छन्। मतगणनाको प्रारम्भिक नतिजासँगै भारतीय शेअर बजारमा सुधार देखिएको छ।
Leave a Reply