सप्तरी । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना बिहीबार विहान ८: ३० बजे देखि सुरु भएको छ ।
मंगलबार भएको मतदानमा जम्मा २ हजार ३ सय ४२ मत खसेको छ । जिल्ला अधिवेशनमा कुल २ हजार ५ सय ३५ जना मतदाता थिए, जसमध्ये २११ जनाले मतदान नगरेको निर्वाचन अधिकृत डा. रुद्र शर्माले बताए ।
सभापतिका लागि खसेको मतको मात्र गणना राजविराजस्थित जिल्ला समन्वय सतिको सहभालमा मत गणना भईरहेको निर्वाचन समितिले जनाएको छ ।
सप्तरी क्षेत्र नम्वर १ बाट सुरु गरिएको मत गणनामा रामदेव साहले सुरुवाति अग्रता लिएको निर्वाचन समितिका सदस्य संतोष भण्डारीले जानकारी दिए ।
कांग्रेसको जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट शत्रुद्यन यादव र संस्थातापन इतर पक्षबाट रामदेव साह प्रतिस्पर्धामा रहेको छ ।
Leave a Reply