काठमाडौं। महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका–२ घर भइ काठमाडौं नयाँबानेश्वर बस्ने ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडे रहेका छन् ।
महाशाखाका अनुसार बन्जाडेलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७७ पुस २४ र २०७८ मंसिर २१ गते चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीलेले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।
Leave a Reply