Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विद्यार्थी मृत्यु प्रकरणः मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

    विद्यार्थी मृत्यु प्रकरणः मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ बर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले डुम्रे-बेसीसहर सडक अवरोध गरेका छन्।

    श्रेष्ठको मृत्यु प्रकरणलाई लिएर बुधबार तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका हुन् ।



    स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ । उनीहरुले होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको, आफन्तलाई थाहै नदिई शव लगेको भन्दै स्थानीयले विरोध गरेका छन् ।



    उनीहरूले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न सँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन्। लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले होस्टेल वार्डेन सरोज ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताए ।

    घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले विद्यालयको दुईवटा बस, एउटा भ्यान र स्कुलको गेटसमेत तोडफोड भएको प्रहरीले जनाएको छ । प्रदर्शनले उग्र रूप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र लाठीचार्ज गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार