काठमाडौँ । युक्रेनमाथि आक्रमणको विरोध गर्दै थुप्रै बहुराष्ट्रिय कम्पनीहरूले रुसमा हाललाई सञ्चालन रोकेका छन्।
ती कम्पनीमा युनिलिभर, स्टारबक्स, कोकाकोला, पेप्सीको, म्याक्डोनल्ड्स लगायतका छन्।
सामाजिक सञ्जालमा रुसमा व्यवसाय बन्द गर्न दबाब खेपेसँगै कोकाकोलाले आफ्नो निर्णय सार्वजनिक गरेको हो। लगत्तै पेप्सीकोले पनि रुसमा बिक्रीबन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो।
कोकाकोलाको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो हृदय युक्रेनमा भएका यी दुखद घटनाहरूबाट अनुचित प्रभावहरू सहने मानिसहरूसँग छ।’
Leave a Reply