एजेन्सी। भारतले पाकिस्तान अधिकृत गिलगित-बालतिस्तानमा चुनाव गराउने फैसेलाको कड़ा विरोध गरेको छ। केही दिन अघि पाकिस्तानको सर्बोच्च अदालतले गिलगित-बालतिस्तानमा आम चुनाव गराउनको निम्ति त्यहाँको केन्द्रिय कानूनमा आवस्यक संशोधन गर्न आदेश दिएको थियो।
यसमा कड़ा प्रतिक्रिया व्यक्त गर्दै भारतले भन्याे,’कि गिलगित-बालतिस्तान भारतको अभिन्न हिस्सा हो र पाकिस्तानले यसलाई खाली गर्नुपर्छ।’
भारतीय बिदेश मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै भनेको छ कि अवैध रूपमा बलपूर्वक हत्याइएको भारतको भूमिमाथि पाकिस्तान र त्यहाँको न्यायपालिकाको कुनै अधिकार छैन। यस्तो कुनै प्रकारको कारबाही जसबाट पाकिस्तान अधिकृत हिस्सामा कुनै पनि परिवर्तन आउँछ, भारतले त्यसलाई पूर्ण रूपले अस्विकार गर्दछ।
पाकिस्तानले गत सात दशकमा अधिकृत भूमिमा भइरहेको अधिकार उल्लङ्घन र त्यहाँका मानिसहरूको स्वतन्त्रतामा भईरहेको हननलाई चुनाब गरेर नलुक्ने भारतको भनाइ छ I
Leave a Reply