Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतीयले स्काभेटर प्रयोग गरेर महाकाली नदी नै नेपालतर्फ फर्काए, दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान

    भारतीयले स्काभेटर प्रयोग गरेर महाकाली नदी नै नेपालतर्फ फर्काए, दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 3K
    SHARES

    दार्चुला । सीमामा नेपालीहरुमाथि ज्यादती गर्दै आएका भारतीयले हुँदा हुँदा नदीको वहाव नै परिवर्तन गर्न खोजेपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान भएको छ ।

    महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोजेपछि स्थानीयले प्रतिवाद गरेका हुन् । भारतीयहरुले स्काभेटरको सहायतामा नदीको बहाव नेपालतर्फ फर्काएपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान भएको स्थानीयबासीले बताएका छन् ।



    प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले दुबै पक्षबीच ढुंगा हानाहान भएको पुष्टि गरेका छन् ।



    भारतीय पक्षले स्काभेटर महाकाली तरेर नेपालतर्फ ल्याई नदिको बहाव परिवर्तन गर्न खोजेपछि स्थानीयले ढुङ्गा हान्न थालेका थिए । स्थानीयले ढुंगा हान्न थालेपछि भारतीय पक्षले नदीको बहाव परिवर्तन गर्ने काम रोकेको हो ।

    नेपाली नागरिकहरुले स्काभेटरमाथि नै ढुङ्गा हानेपछि भारतीय नागरिकहरुले पनि नेपालतर्फ ढुङ्गा प्रहार गरेका थिए । भारतीय पक्षले लास्कु खोला नजिक भारततर्फ नदी बगिरहेकोमा उक्त नदीको धारलाई स्काभेटर लगाएर नेपालतिर लगाउन खोजेका हुन् । नेपालतर्फ आएको स्काभेटर भने केही समय पछि नै भारतीय पक्षले उता लगिसकेको छ ।

    प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार नेपाली प्रशासनसँग समन्वय नै नगरिकन भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर नदीको बहाव परिवर्तन गर्न खोज्दा दुवै देशका नागरिककाबीच तनाब भएको हो ।

    भारतले अहिले महाकाली नदीमा तटबन्ध बनाइरहेको छ । सोही बहानामा भारतीय पक्षले नदिको वहाव नेपालतर्फ पठाउन खोजको स्थानीयको आरोप छ । स्थानीयबासीहरुले वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नेपालतर्फ आउने सम्भावना हुनाले नदीको बहाव परिवर्तन नगरिकनै भारतले तटबन्ध बनाउनुपर्ने माग राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार