काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज दिउँसो १ बजेदेखि बाँडफाँट हुने भएको छ ।
येलो पेगोडा होटल, जमल काठमाडौंमा दिउँसो १ बजेदेखि आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
नेष्डो समृद्ध लघुत्तको आइपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ।
कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म आईपीओ बिक्रि खुला गरेको थियो ।
Leave a Reply