Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सीमा नाकामा थप कडाइ गर्दै गृह मन्त्रालय, बिओपीको संख्या ५ सय पुर्याइने

    सीमा नाकामा थप कडाइ गर्दै गृह मन्त्रालय, बिओपीको संख्या ५ सय पुर्याइने

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । गृहमन्त्रालयले सिमा नाकामा थप कडाइ गर्ने जनाएको छ । सशस्त्र प्रहरीको बिओपी (बाेर्डर आउट पाेस्ट)को संख्या पाँच सय पुर्‍याउने तयारी गृहको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे ।

    हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेकाे छ । नेपालतर्फको सिमा नाकामा भारतकाे ५३० बिओपी रहेकोमा नेपालले पनि साेहि अनुपातमा बिओपी थप्ने तयारी गरेकाे हाे ।



    प्रस्ताव अनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरकाे दुरिमा रहेकाे बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ ।



    बिओपी थप सम्बन्धि गृहमन्त्रालयकाे छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनकाे विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताए । गृहमन्त्री थापाले सशस्त्र प्रहरीले तयार पारेकाे प्रस्ताव राम्राे रहेकाे भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिए ।

    यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हाे ।

    गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलाे संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् ।

    सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पाेस्ट बिस्तार गरिएको सशस्त्रले जनाएकाे छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार