Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पदाधिकारी चयन गर्न असफल प्रचण्ड

    पदाधिकारी चयन गर्न असफल प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 987
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पदाधिकारी चयनको प्रक्रिया कठिन बन्न पुगेको छ । महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दासमेत माओवादीले पदाधिकारी चयनमा सहमति जुटाउन नसकेको हो ।

    पदाधिकारी चयन गर्ने जिम्मेवारी पाएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न असफल देखिएको छ । महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष बनाउने निर्णय गरे पनि पदाधिकारी चयनको प्रक्रिया धकेलिँदै आएको छ ।



    १५ सदस्सीय पदाधिकारीमा अध्यक्ष प्रचण्ड मात्र चुवनएका छन् । बाँकी पदाधिकारी चयनमा आकांक्षीको संख्या धेरै भएपछि प्रचण्ड दबाबमा पर्दै आएका छन् ।



    महासचिव पदका लागि नेताहरूको अस्वस्थ दबाबपछि प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट पनि पदाधिकारी चयनको प्रक्रिया थप लम्बिएको छ । पार्टी सञ्चालनका लागि महत्वपूर्ण मानिएको पदाधिकारी चयनको नै माओवादीभित्र विवाद रहेको छ ।

    पार्टीभित्र प्रभावशाली नेताहरूको दबाबको कारण प्रचण्डले पदाधिकारी चयनको विषयमा निर्णय लिन सक्नुभएको छैन । अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, सचिवलगायतका बाँकी १४ पदाधिकारी चयन गर्न बाँकी छ । नेपाल समाचार पत्रमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार