Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • लकडाउनबारे भोलि निर्णय हुने

    लकडाउनबारे भोलि निर्णय हुने

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे कोरोना भाइरस रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप गृहकार्य गरेर लकडाउनबारे निर्णय गर्ने भएको छ ।

    सोमबार दिउँसो बसेको उच्चस्तरीय समितिको बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँगको छलफलका आधारमा लकडाउनको मोडालिटी बनाउने निर्णय गरेको छ ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले सम्बन्धित पक्षसँग छलफल पछि लकडाउन बारे मन्त्रिपरिषदमा सिफारिस गर्ने जानकारी दिए । उनका अनुसार मंगलबार समितिको बैठक बस्ने छ ।



    पछिल्लोपटक सरकारले लकडाउन बैशाख २५ गतेसम्म थप गरेको थियो । सोमबारसम्म देशभर ७५ जनामा संक्रमण देखिएको छ । सरकारले काेराेना संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी ३ क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको छ ।

    कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय-सुझावमा रातो क्षेत्रमा पर्ने जिल्लाभित्र रहेका मुख्य संक्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पूर्ण रूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ ।

    स्रोतका अनुसार २९ जिल्लालाई रातो, २८ जिल्लालाई पहेंलो र २० जिल्लालाई हरियो क्षेत्रमा छुट्याइएको छ । भारतसँग सिमा जोडिएका सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ । सरकारले थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी आन्तरिक छलफल अगाडि बढाएको छ ।

    पहेंलो क्षेत्रमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाव दिइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार