Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अख्तियारद्वारा घुससहित पक्राउ परेका प्राधिकरणका सुपरभाइजर पहाडीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

    अख्तियारद्वारा घुससहित पक्राउ परेका प्राधिकरणका सुपरभाइजर पहाडीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरण पाटन कार्यालयमा कार्यरत सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।

    आयोगले सोमबार उदयपुर त्रिवेणी गाउँपालिका -९ घर भइ हाल नेपाल विद्युत प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा अन्तर्गत पाटन सब-स्टेशनमा कार्यरत पहाडीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    पहाडीलाई गत पुष २९ गते बिहीबार प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट गएको टोलीले घुससहित पक्राउ गरेको थियो।



    पहाडीले जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदाहुँदै पनि बिजुलीको पोल सार्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग मागेको अनुसन्धानमा खुल्न आएको अख्तियारको दाबी छ ।

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले उनलाई बिगो बराबरको जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार