Online Nepal
  • बुधबार, १० पुष २०८१
  • लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी, आगो निभाउन काठमाडौंबाट हेलिकप्टर जाँदै

    लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी, आगो निभाउन काठमाडौंबाट हेलिकप्टर जाँदै

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ ।

    पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङको जङ्गलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरेको हो ।



    सो आगो निभाउनका लागि काठमाडौंबाट हेलिकप्टर जाने भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जङ्गलमा लागेको निभाउन सीम्रिक एअरको हेलिकप्टर काठमाडौंबाट उडे बताइएको छ ।



    सीम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको हो । आगलागीका कारण धुवाँले विमानस्थलको धावनमार्ग ढाक्दा बिहान झण्डै १ घण्टा उडान तथा अवतरण नै ठप्प भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार