धनगढी । कैलालीको प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतका अनुसार कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले शनिबार राति ड्युटीमा रहेका बेला आफैंमाथि गोली चलाएका हुन्।
डिउटीमै रहेका बेला उनले रातको करिव १ बजेको समयमा आफैले आफैमाथि बन्दुक चलाएका हुन्’,’प्रहरी स्रोतले अनलाइन नेपालसँग भन्यो,’ उनको चिउडोमा गोली लागेको छ।’
उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको कैलाली प्रहरीले जनाएको छ । अहिले उनी खतरामुक्त रहेका छन्।
Leave a Reply