काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको छानबिनका लागि समिति गठन गरिएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि सहभागी भएको छ।
११ सदस्यीय समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल रहेका छन्।
यस्तै, नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट तथा नेकपा माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा रहेका छन्।
यसैगरी, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह रहेका छन्।
समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ । प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन २ गते महाअभियोग प्रस्ताव गरिएको थियो।
Leave a Reply