Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • रुस र युक्रेनबीचको युद्धबारे चीनले भन्यो- ‘आगोमा इन्धन’ थप्ने जुनसुकै कदमको विरोध गर्छौँ

    रुस र युक्रेनबीचको युद्धबारे चीनले भन्यो- ‘आगोमा इन्धन’ थप्ने जुनसुकै कदमको विरोध गर्छौँ

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    एजेन्सी  । रुस-युक्रेन तनावबारे चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी राज्यमन्त्री एन्थोनी ब्लिन्कनसँग बेइजिङले ‘आगोमा इन्धन थप्ने’ कुनै पनि कार्यको विरोध गर्ने बताएका छन्।

    ग्लोबल टाइम्सका अनुसार वाङ यीले आफूले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै संवाद र वार्ताबाट मात्र सङ्कट समाधान गर्न सकिने बताए।



    पछिल्लो दुई सातामा दुई अधिकारीबीचको यो दोस्रो फोन वार्ता हो । यस सङ्कटले चीनको अगाडि ठूलो चुनौती खडा गरेको छ, जसले रुसको आक्रमणको हालसम्म आलोचना वा समर्थन गरेको छैन।



    बेइजिङले युरोपमा युद्धलाई समर्थन गरेको देखाउन चाहँदैन र यो मस्कोसँगको सैन्य र रणनीतिक सम्बन्ध पनि सुदृढ गर्न चाहन्छ।

    वाङले अमेरिका, नेटो र युरोपेली सङ्घलाई रुससँग ‘निष्पक्ष वार्ता’ गर्न र नेटो सङ्गठनको विस्तारको बारेमा मस्कोको सुरक्षा चासोलाई स्वीकार गर्न पनि आह्वान गरे विवरणमा उल्लेख छ। बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार