काठमाडौँ । युक्रेनमा जारी युद्धका कारण लाखौं मानिसहरु विस्तापित भएका छन्। पछिल्लो दश दिनदेखि युक्रेनमा रुसी आक्रमण अझैं जारी छ।
यतिबेला रुसी आक्रमणमा परेर ह्वार्ह्वारी बल्दै गर्दा भाग्दै गरेका इरपिनका स्थानीय बासिन्दाको तस्बिरहरु बीबीसीले सार्वजनिक गरेको छ।
किएभबाट २० किलोमिटरमा उत्तर-पश्चिममा रहेको इरपिन शहरबाट त्यहाँको सेनाको सहयोगमा बाहिरिँदै गरेका देखिन्छन्। सार्वजनिक भएका तस्बिरहरुमा बाटो कठिन देखिएको छ, गोलाबारी भइरहेका सडक र क्षतिग्रस्त पुलबाट धेरै मानिसहरू पैदल यात्रामा छन्।
Leave a Reply