Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हमाल मृत्यु प्रकरण : प्रशासनद्वारा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

    हमाल मृत्यु प्रकरण : प्रशासनद्वारा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    वीरेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी) को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ ।

    शनिबार बिहान १०:१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति ११:५० बजे नेपालगन्जदेखि जुम्ला जाँदै गरेको भे१क ९२२ नम्बरको गाडीमा सवार थिए ।



    यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको र जसका कारण हमालको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन थालेलगत्तै सुर्खेत प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी पाण्डेको संयोजकतत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।



    समितिले तीन दिनभित्र घटनाको सत्य, तथ्य प्रतिवेदन पेस गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । मृतकका आफन्त कलमबहादुर हमालले प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको आरोप लगाए । शनिबार बिहान सुर्खेत अस्पताल नपुग्दै हमालको मृत्यु भएको बताइएको छ ।

    शव परीक्षणका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको छ । मृत्कका आफ्न्तहरुले वीरेन्द्रनगरका मंगलगढी र यरीचोकमा टायर बालेर आन्दोलन समेत गरेका थिए । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार