Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • आन्तरिक हवाई भाडा बढ्यो, (सूचीसहित)

    आन्तरिक हवाई भाडा बढ्यो, (सूचीसहित)

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा बढाएको छ । भोली अर्थात फागुन २२ गते आइतबारदेखि लागू हुने गरि संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।

    नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।



    बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ ।



    यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाडौं–भद्रपुर ३०० रुपैयाँ, काठमाडौं–सुर्खेत ३४५ र काठमाडौं–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार