Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • जनतामा जाने भन्दा डराउनेहरु भित्रभित्रै चुनाव पछि धकेल्न खोजिरहेका छन् : नेम्वाङ

    जनतामा जाने भन्दा डराउनेहरु भित्रभित्रै चुनाव पछि धकेल्न खोजिरहेका छन् : नेम्वाङ

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 990
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको दावी गरेका छन् ।

    प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा पनि निर्वाचनमा जाने प्रस्ताव गर्दा डराउने गरेका दलका नेताहरू अहिले स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको बताएका हुन् ।



    नेम्वाङले भने–‘केही साथीहरु जनतामा जाने भन्दा किन डराउँछन् ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्‍याउन चाहन्नँ । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’



    नेम्वाङको उक्त प्रश्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालहरुप्रति इंगित थियो ।

    कार्यक्रममा नेता नेम्वाङले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार