काठमाडौं । गृह मन्त्रालयले २०७९ सालका लागि सार्वजनिक बिदाहरु बढाइएको भन्ने सूचना भ्रमपूर्ण रहेको बताएको छ ।
शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त भट्टराईले सार्वजनिक विदा सम्बन्धमा प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
भ्रामक र कपोकल्पित समाचारहरुप्रति विश्वास नगर्न उनले सबैलाई अनुरोध गरेका छन् ।
साथै सार्वजनिक बिदाको सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयानुसार राजपत्रमा सूचना प्रकाशन गरिने हुँदा राजपत्रमा प्रकाशित बिदा नै आधिकारिक हुने सूचना अधिकारी भट्टराईले बताए ।
Leave a Reply