Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • खप्तड गोल्डकप : बागमतीसँग पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरियो

    खप्तड गोल्डकप : बागमतीसँग पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरियो

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    कैलाली । पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट न्युरोड टिम एनआरटी बाहिरिएको छ ।

    धनगढी रङ्गशालामा आज वाग्मती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।



    पेनाल्टीमा वाग्मतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । यस जितसँगै वाग्मती क्वाटर फाइनलमा पुगेको छ ।



    आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार